एकैदिनमा फाइल टुंग्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ ।  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकैदिनमा टुंग्याउन तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्‍याउने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिए।

उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउन, दैनिक कार्यसम्पादन समीक्षा गर्न, राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने प्रणाली संस्थागत गर्न जोड दिए। साथै, फाइल कहाँ रोकिएको छ भन्ने जानकारी दिने प्रणाली विकास गर्न र सम्भव भएका सबै सेवा अनलाइनमार्फत उपलब्ध गराउन पनि निर्देशन दिएका छन्।

मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षभित्र आमसञ्चार तथा मिडिया काउन्सिलसहित छ वटा विधेयक संघीय संसद्मा पेस गर्ने लक्ष्य रहेको जानकारी दिँदै कानुन निर्माणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको