काभ्रेको भुम्लुटारमा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ भुम्लुटारमा विद्युतीय खम्बा अड्याउन प्रयोग गरिएको तारमा करेन्ट प्रवाह हुँदा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मृत्यु हुने महिला भुम्लु गाउँपालिका–७ फलाँटे निवासी देवी उप्रेती हुन्।

प्रहरीका अनुसार स्थानीय बजारमा दूध पुर्‍याउन जाने क्रममा उनी विद्युतीय खम्बा अड्याउन प्रयोग गरिएको तारमा करेन्ट प्रवाह भएको अवस्थामा त्यसको सम्पर्कमा पुग्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको