जोरपाटीबाट एसएलआर राइफलका ६ राउण्ड गोलीसहित एक पक्राउ

काठमाडौँ ।  काठमाडौंको जोरपाटीबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नक्साल ज्यापुटोल स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बस्दै आएका ४३ वर्षीय विकास महर्जन रहेका छन्।

प्रहरी चौकी जोरपाटीबाट खटिएको टोलीले ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशंकामा महर्जनको डेरा कोठामा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा एसएलआर राइफलका ६ राउण्ड गोली बरामद गरेको थियो।

प्रहरीले महर्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको