ढल्केबरमा प्रहरीको गोलीपछि दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ । धनुषाको ढल्केबरमा प्रहरीले एक राउण्ड हवाई फायर गरी दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार शुक्रबार ढल्केबर–जनकपुर सडकखण्डमा प्रहरीसँग जम्काभेट भएपछि उनीहरू भाग्न खोजेका थिए। नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको