हेटौंडामा ४१ वर्षीय पुरुष मृत फेला, घटनाबारे प्रहरीले थालेको अनुसन्धान

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मृतक थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली हुन्। उनको शव फेला परेपछि घटनाबारे परिवारलाई जानकारी गराइएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको