अशोक दर्जीले चरित्रहत्या गर्ने भिडियो बनाउनेमाथि कारबाही माग गर्दै प्रहरीमा दिए उजुरी

काठमाडौँ । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गरेका छन्।

अशोकले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा निवेदन दिँदै आफ्नो भविष्यमा असर पर्ने गरी गलत प्रचार गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्।

उनले करिब एक साताअघि दुई जना व्यक्ति आएर आफूलाई चोरीको आरोप लगाउँदै कुटपिट गरेको र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएको उजुरीमा उल्लेख गरेका छन्।

उजुरीमा अशोकले आफूलाई “यसले हजार रुपैयाँ चोर्‍यो” भन्दै भिडियो बनाइएको र पटक–पटक भिडियो हटाउन आग्रह गर्दा पनि सम्बन्धित व्यक्तिहरूले नमानेको बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको