सर्लाहीमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ, पीडितको अवस्था गम्भीर

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनाका क्रममा १० वर्षीया कुसुम कुमारीले देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।

सूचना प्राप्त भएपछि प्रहरी चौकी राजघाटको टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्‍याएको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा हाल रौतहटको बेटर नेपाल अस्पताल, गरुडामा उपचार भइरहेको छ। प्रहरीले पीडितको अवस्था गम्भीर रहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको