जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, प्रदर्शनपछि प्रशासनको कडा कदम

काठमाडौँ । धनुषाको जनकपुरधाममा बढ्दो तनावपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो।

सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको घटनाको विरोधमा बिहीबार बिहानदेखि जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु अवधिभर उक्त क्षेत्रमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको