देवानगञ्ज गोलीकाण्डमा थप एकको मृत्यु, मृतक संख्या २ पुग्यो

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

देवानगञ्जका २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको हो। उनको पेटमा गोली लागेको थियो।

यसअघि आइतबार सोही घटनामा गोली लागेर एक जनाको मृत्यु भइसकेको थियो। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ।

प्रहरीका अनुसार घटनामा घाइते अन्य ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको