प्रमुख निर्वाचन आयुक्त कार्कीसहित तीन जनाले लिए शपथ

काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सर्वोच्च अदालतमा आयोजित समारोहमा शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई पनि पद तथा गोपनीयताको शपथ गराए।

संसदीय सुनुवाइ समितिले बुधबार कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको