रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भावका लागि संयुक्त अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा हिन्दु र मुस्लिम धार्मिक अगुवासँग सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल गरेका छन्।

उनले मौलाना नरुल हुसेन, मौलाना मोहम्मद खालिद, विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गर्दै सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न तथा सामाजिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको