झापामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा बिहीबार राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको