अविरल वर्षाले देशभरका मुख्य सडक प्रभावित, पाँच राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ ।  अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग तथा गोरखाको लार्के–बेनीघाट सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

यस्तै, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्तिलोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा अघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको