नौ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक रमदैया भवाडी गाविसका विभिन्न वडामा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच २०७४ सालमै सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले ३८८ परिवारले जग्गाको औपचारिक स्वामित्व प्राप्त गरेका छन्।

लालपुर्जा प्राप्त भएपछि स्थानीयले जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्ने तथा भूमिसम्बन्धी विवाद समाधानमा समेत सहजता हुने बताइएको छ। यसअघि धनुषाका ३ हजार ९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको