काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि हराइरहेकामध्ये ११ जनाको शव आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलबाट निकालेको नेपाली सेनाले जनाएको छ।
खोजीका क्रममा शवहरू टनेलभित्रको जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका थिए। घटनास्थलमा थप खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

