परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित यूएईको स्थायी नियोगमा भएको भेटमा मन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र मानवीय सहयोगप्रति नेपाल र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे।

उनले बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने यूएईको पछिल्लो प्रतिबद्धताप्रति समेत धन्यवाद व्यक्त गरे।

भेटमा दुवै नेताले आपसी हितका विषयमा छलफल गर्दै नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका थिए। श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गतको बहुपक्षीय सहकार्यलगायत विषयमा समेत छलफल भएको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको