दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा आइतबार बिहान भएको धारिलो हतियार प्रहारको घटनामा एक महिलाको ज्यान गएको छ।
स्थानीय बमबहादुर रावलले सुतिरहेको अवस्थामा चन्द्रबहादुर पुनको परिवारमाथि अन्धाधुन्ध हतियार प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी ४५ वर्षीया बीमा पुनमगरको मृत्यु भएको हो।
घटनामा चार जना अन्य घाइते भएका छन्। घाइतेमध्ये दुई छोरी, एक भाइबुहारी र चार महिनाकी बालिका रहेको जनाइएको छ। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ।

