डोल्पाबाट फरार रहेका कैदिलाई रुकुम पश्चिमबाट पक्राउ

रुकुम । डोल्पाबाट फरार रहेका कैदिलाई प्रहरीले रुकुम पश्चिमबाट नियन्त्रणमा लिएको छ । फरार आठ कैदीबन्दीको खोजीमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान आठबिसकोट नगरपालिका–६ स्थित दामाचौरको खोली बगरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
गत कात्तिक १४ गते बिहान करिब ६ बजे ठूलीभेरी नगरपालिका–३ स्थित डोल्पा जिल्ला कारागारबाट आठ कैदीबन्दी फरार भएका थिए। उनीहरूले सुरुङ खनेर कारागारबाट भागेको बताइएको छ ।
फरार कैदीको खोजी तथा पक्राउका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको थियो। आठमध्ये दुई जना पक्राउ परे पनि बाँकी छ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनीहरूको खोजी जारी राखेको जनाएको छ।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। प्रहरीका अनुसार दुवै जना जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको