मन्त्रिपरिषद्को बैठक अचानक स्थगित
Oli Cabinet Meflmprukt

May 2, 2025, Jyotishsanchar press

आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ।

सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको छ।

शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै सपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए ।

सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए।

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

प्रधानन्त्रीको सचिवालयले आज अब मन्त्रिपरिषद् बैठक नहुने बताए। उनले राज्यमन्त्रीको शपथ हुने नहुने खुलाएनन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको