रेशम पक्राउको जवाफ नपाएपछि नागरिक उन्मुक्तिद्वारा संसद्‍मा विरोध
Download 13

May 6, 2025, Jyotishsanchar press

नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे जवाफ नदिएको भन्दै संसद्‍मा उठेर विरोध गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनीहरुले उठेर विरोध गरेका हुन्। विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनको पक्राउको निष्पक्ष छानबिनको माग गरेकी थिइन्।

त्यसपछि नाउपाका सांसद्हरुले उठेर विरोध जनाएका थिए। तर, सभामुख देवराज घिमिरेले यसबारे गृहमन्त्रीले बिहीबार जवाफ दिने जानकारी गराएपछि उनीहरुले आशन ग्रहण गरेका थिए।

सोमबार नाउपाका सांसदहरुले यसबारे जवाफ दिन आजसम्मको समयसीमा दिएका  थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको