माओवादीको प्रश्न : विद्युत प्राधिकरणलाई निजीकरण गर्न खोजिएको हो ?
Rupa Shosi Chaudhary

May 7, 2025, Jyotishsanchar press

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणलाई समेत सरकारले निजकरण गर्न खोजेको टिप्पणी गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा लिएर बोल्दै माओवादीकी सचेतक रुपा सोशी चौधरीले यस्तो टिप्पणी गरेकी हुन् ।

‘नाफामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घाटमा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?’ उनले प्रश्न गरिन् ।

नेपालको संविधान समाजवादउन्मुख रहेको ख्याल गर्न उनको आग्रह छ । तर, सरकारका नीति र व्यवहार निजकरणतर्फ उन्मुख रहेको उनले बताइन् । ‘सरकार नीजिकरणतर्फ उन्मुख भयो । यो समाजवादी संविधानको मर्म विपरीत छ’ उनले भनिन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको