जेठ १५ देखि राजतन्त्रका पक्षमा प्रदर्शन गर्न संयुक्त जनआन्दोलन समितिको अपिल
Nabarajsubedi Zc5bdrr2i4

May 8, 2025, Jyotishsanchar press

राजतन्त्र पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि धर्ना, जुलुस र प्रदर्शन गर्न आग्रह गरेको छ।

बिहीबार समितिले आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजना गरेको कार्यक्रममा संयोजक नवराज सुवेदीले भने, ‘जेठ १५ देखि नै जुलुस, धर्ना र प्रदर्शन गर्न सबैमा अपिल गर्दैछौँ।’

आन्दोलनबारे विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने भन्दै उनले सबैलाई यसमा सहभागी हुन समेत आह्वान गरे। ‘यस आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हामी आग्रह गर्दछौँ,’ सुवेदीले भने।

साथै आन्दोलनमा संलग्न समूह र दललाई वडा, पालिका र जिल्लामा संयुक्त जनआन्दोलन समिति गठन गर्न समेत उनले आग्रह गरे।

सुवेदीले भने, ‘प्रत्येक जिल्ला, पालिका र वडामा संयुक्त जनआन्दोलन समिति गठन गर्न यस आन्दोलनमा संलग्न दल र समूहलाई आह्वान गर्दछौँ।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको