नालामा भएकाे आगलागीबाट १२ लाखकाे क्षति

काभ्रेकाे बनेपा नगरपालिका वडानम्बर ४ नालास्थित रामेश्वर दाहालकाे घरमा गए राति १ बजे आगलागी भएकाे छ ।

ईंटाकाे गाराे र जस्ताकाे छानाे भएकाे दुई तले कच्ची घरमा भएकाे आगलागीबाट १२ लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

बिजुलीकाे करेन्ट सर्ट भइ आगलागी भएकाे भन्ने खबर पाएलगत्तै प्रहरी र स्थानीयकाे सहयाेगमा राति साढे २ बजे आगाे नियन्त्रणमा आएकाे थियाे । साे आगलागीमा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् भने घर पूर्णरुपमा क्षति भएकाे छ । घटनामा मानवीय र चाैपायाकाे क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।

Nala Ma Aago

May 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको