टेरामक्स घोटाला प्रकरणमा १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडाैं । टेरामक्स घोटाला प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

बस्नेत तथा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध आज मुद्दा दायर भएको हो।

तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित अन्य १६ जना तथा कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ।

अन्य मुद्दा दायर भएकाहरूमा दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरू छन्। मोहनबहादुर बस्नेत, तत्कालीन अध्यक्ष दिगम्बर झा, धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेतविरुद्ध मुद्दा दायर भएकाे हाे ।

यस्तै उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य, उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीपकुमार गुरुङ र तेजप्रसाद खरेल रहेका छन् ।

Bisesh Adalat

May 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको