सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष

काठमाडौं । युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रश्तुत गरेको बताउनुभएको छ ।

काठमाडौंमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभुति गरिरहेको बताउनुभएको हो । उहाँले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताउनु भयो ।

उहाँले युएनडीपी विश्वभरका १ सय ४० भन्दा बढी देशहरुसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभुति भएको उल्लेख गर्नुभएको छ ।

1747479162 Su1zf

May 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको