काठमाडाैं । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो ।
बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।
उक्त प्रश्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ ।

May 19, 2025, Jyotishsanchar press

