हालसम्म तीन सय ९५ जनाद्वारा सगरमाथा आरोहण

काठमाडौँ । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म तीन सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति लिएका छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एक सय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

Sagarmatha

May 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको