राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिवन्ध लगाउन सक्ने सञ्चारमन्त्रीकाे चेतावनी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने अधिकार सरकारलाई रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधान विरोधी काम भएको उल्लेख गर्नुभयो ।

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताउनु भयो । आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न चेतावनी दिँदै उहाँले संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताउनु भयो ।

1747903014 Plhrh

May 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको