बैतडीमा ५.१ म्याग्निच्युडकाे भूकम्पकाे धक्का

काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहानै बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ ।

आज बिहान १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले क्षति पुगे/नपुगेको बारे थप केही आएकाे छैन । राति सुतिरहेकाे बेला आएको धक्काले मानिसहरु भने त्रसित भएका छन् ।

Earth Quake 9f36t6heas 1

May 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको