लागुऔषधको समस्या डरलाग्दो भएकाले, नियन्त्रणमा लाग्न गृहमन्त्रीकाे आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताउनुभएको छ ।

जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताउँदै सवारी दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको र यस्ता दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान जाने गरेको बताउनु भयो ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गर्नुभयो । शान्ति सुरक्षाको स्थिती कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताउनु भयो ।

देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताउँदै उहाँले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।

1747983541 D7pco

May 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको