इलाममा विषाक्त च्याउ खाएर बिरामी परेका तीन जनाको मृत्यु

झापा । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ ।

माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको बताइएकाे छ ।

Moosroom 1

May 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको