काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो ।
पछिल्लो विकसित राजनीति, बजेट, अभियानको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा बैठकमा छलफल हुने बताइएकाे छ ।
साथै भिजिट भिसामा गृह प्रशासनको नेतृत्वसमेत मुछिएकोले संसद्मा कडारूपमा प्रस्तुत हुने माओवादीकाे तयारी छ ।

May 26, 2025, Jyotishsanchar press

