नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।

Congress Padhadhikari

May 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको