युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैनः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभएको छ।

सोमबार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताउनु भयो ।

अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गर्नुभयो । भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गर्नुभयो । मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

Raghujee Panta Bcxemdsrj4

May 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको