गृहमन्त्रीलाई जवाफ दिएर भाग्न दिँदैनौँ: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय अभ्यासमा आफूहरु अनुभवी भइसकेको दाबी गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले आफूहरु संसदीय अभ्यासमा अनुभवी भइसकेको बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसाको प्रकरणमा संलग्नता रहेको कुरा सञ्चार माध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताउनु भयो ।

सांसदहरुले बैठकमा आफ्ना धारणाहरु राख्नुभएको र नेताहरु रणनीति बनाउने काम गरिरहेको उल्लेख गर्नुभयो । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीले बिर्सिनुभएको बताउनु भयो ।

सांसद झाले आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने र सोध्दै नसोधको प्रश्नको तयारी गरेर जवाफ दिन नमिल्ने बताउनु भयो । संसदमा गृहमन्त्री लेखकलाई जवाफ दिएर लुसुक्क हिँड्ने काम गर्न नदिने बताउनु भयो ।

1748274964 Gmx3e

May 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको