प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

जसअन्तर्गत आज बिहान ११ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुने, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८१/०८२ आर्थिक सर्वेक्षण पेस गर्नुहुने, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने र बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रश्तुत गर्नुहुने भएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने पनि कार्यसूची रहेको छ ।

Samsad Dhwxq1liyl

May 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको