हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म राजावादीहरुको आन्दोलन नरोकिने बताउनुभएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला १८ वर्षको बीचमा देशले कहलीलाग्दो अवस्था भोग्नुपरेको बताउनु भयो । अहिले देशमा केही सिमित राजनीतकि दलका सिमित नेताहरुले सिण्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएको आरोप लगाउनु भयो ।

उहाँले केही सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेको बताउनु भयो । सिमित नेताहरुले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै नभइ भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो । अध्यक्ष थापाले न्याय दिनुपर्ने सरकारले नै नागरिक बेचिरहेको आरोप लगाउनु भयो ।

1748427039 8ed5z

May 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको