काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएकाे छ।
साथै अन्तरिम आदेशका बारेमा छलफलका लागिसमेत बोलाएकाे छ। बुधबार सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले पौडेललाई नियुक्ति गर्नुको कारण माग गरेकाे हाे ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको थियो । उक्त मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।
रिटमा पराजित प्रतिनिधि सभाको सदस्य उम्मेदवारलाई अघि सारेबाट समेत स्पष्ट कानुन व्यवस्थाको विपरित सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं सो मा छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकोले उनको नियुक्त बदरभागी भएको उल्लेख गरिएको छ।

May 28, 2025, Jyotishsanchar press

