काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ।
बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भुमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चताको सबैभन्दा ठूलो भएको बताउनु भयो । उहाँले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गर्नुभयो ।
इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक–पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

May 29, 2025, Jyotishsanchar press

