राजसंस्था पक्षधरहरुसँग सरकार डरायोः राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुसँग सरकार डराएको बताउनुभएको छ ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलन उत्साहप्रद रहकेो र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाँले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थामा राजसंस्था पक्षधरहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताउनु भयो । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको बताउनु भयो ।

1748325490 Vt0ab

May 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको