फेरि एक पटक रुपान्तरण जरुरी छः सचिव भट्टराई

काठमाडाैँ । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको बताउनु भयो । उहाँले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रुपान्तरण हुन जरुरी रहेको बताउनु भयो ।

आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्याउने काममा लाग्नुपर्ने बताउनु भयो । आज राज्य जनतासँग नजिक भएको अनुभुति हुन नसकेको बताउनु भयो । सुशासन र सेवा प्रवाहका बारेमा राज्य रुपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गर्नुभयो । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको बताउनु भयो ।

1748686989 Fj4o9

May 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको