काठमाडाैँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाविधेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरु लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गर्नुभयो ।
तत्कालीन समयमा कुन कदम अराजनीतिक थियो भन्ने कुरा भने स्पष्ट पार्नुभएन । उहाँले नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गर्नुभयो ।

May 31, 2025, Jyotishsanchar press

