काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गर्नुभएको छ ।
आइतबार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्ताे टिप्पणी गर्नुभएको हो । भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भएपनि विकास निर्माणमा ढिलाई हुँदा आयोजनाको शतप्रतिशत मूल्य बढ्ने गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ती नियन्त्रणमा गम्भिर रहेको बताउनु भयो । उहाँले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले विकास निर्माणका कामलाई रकेट चालमा सम्पन्न गर्न सरकार लागिपरेको समेत उहाँको दाबी छ ।

June 1, 2025, Jyotishsanchar press

