काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिनुभएको छ।
आइतबार काठमाडौंमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै आफूहरुको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिनुभयो । उहाँले के आज बन्दुक बोकेर हामीसँग भएका युवाहरु जंगल पस्न सक्दैनन् ? अध्यक्ष लिङ्देनले प्रश्न गर्नुभयो ।
उहाँले प्रमुख राजनीतिक दलहरुले राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोपसमेत लगाउनु भयो । भ्रष्टाचार र अपराधमा संलग्नहरुलाई बचाउन अदालत र प्रहरीको दुरुपयोग गरिएको उहाँको आरोप छ।

June 1, 2025, Jyotishsanchar press

