वरिष्ठ साहित्यकार गणेश रसिककाे निधन

काठमाडौँ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ।

अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो । ७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित हुनुहुन्थ्यो ।

रसिककी एक मात्र छोरी छिन् । उनी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।

Ganesh Rashik

June 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको