स्वर्गीय राजा वीरेन्द्र शाहको २४ औँ स्मृति सभा सम्पन्न

काठमाडाैं । स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ ।

राजा वीरेन्द्रको २४ औँ स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमबार जावलाखेलस्थित शालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो । सभामा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक अस्थिरता र ध्रुवीकरण बढिरहेको तथा शान्ति र अमनचैन खल्बलिएको उल्लेख गर्दै यस अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकतासमेत बढ्दै गएको बताउनु भयो ।

समुदायमा द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण गर्नसके शान्ति स्थापना सम्भव हुने अध्यक्ष खनालको भनाइ छ । राजा वीरेन्द्रको शान्ति अभियानलाई सार्थकता दिने, विकासका अवधारणालाई अवलम्वन गर्ने, विकासलाई विकेन्द्रिकरण गर्दै प्रदेश खारेज गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेकोसमेत बताउनु भयो ।

1748849069 1j2od

June 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको