काठमाडाैं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार राति सहमति भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
सहमतिपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताउनु भयो। गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको बताउनु भयो। अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पर्नुभयो। संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुंग्याउने प्रतिबद्धता जनाएकोले आज अपरान्हसम्ममा सार्वजनिक सवारी साधन चल्न सक्ने बताउनु भयो।
यस्तै सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका, जसले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेटसरह मान्यता दिएको थियो, स्थगित गर्ने सहमति भएको बताउनु भयो । संघीय कानुन नबनेको र प्रदेशले आफ्नो आवश्यकता अनुसारको कानुन बनाउनु बाध्यता भएको बताउनु भयो ।

June 3, 2025, Jyotishsanchar press

