विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडाैं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरु सरकारले गरिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले अधिकार सम्पन्न वागमती सभ्यताबाट नदीहरु सफाई गर्ने कार्य शुरु गरिसकेको बताउनु भयो । उहाँले अचानक आउने विपदबाट हुने क्षति न्युनिकरणका लागि सरकारले यस पटकदेखि सानो भएपनि तत्काल अर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको बताउनु भयो ।

1748929258 Womqs

June 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको