आन्दोलन फिर्तासँगै सार्वजनिक सवारी चल्न थाले

काठमाडाैं । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् ।

जेठ १९ गतेदेखि राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । तर सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु भएको हो ।

मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको सहमतिलाई गण्डकी प्रदेशले समर्थन गरेपछि सार्वजनिक यातायात चल्न थालेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ ।

यससँगै काठमाडौं उपत्यका र बाहिरका छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । नयाँ बसपार्क लगायतका स्थानमा यात्रुको चहलपहल बढेको छ ।

Banda

June 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको