राज्यमा अमानवीय व्यवहार विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको बताउनु भयो ।

धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताउँदै उहाँले नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज स्थापना गर्न पार्टीको स्थापनाकालदेखि नै उद्देश्य राखेर आएको बताउनु भयो ।

Deuba

June 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको